पोखरा/पोखरा महानगरपालिका–१० ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई सोमबार स्टेशनरी सामाग्री वितरण गरेको छ । वडाभित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो ।
वडा कार्यालयले कालिका नमुना मावि, कुंडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको हो । कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको वडा अध्यक्ष राजेश गुरुङले वताए । पोखरा महानगरभित्र रहेर पनि हाल सम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच सेट कम्प्युटर समेत प्रदान गरिएको वताउदै उक्त सहयोगले विद्यार्थीहरुले कम्प्यूटर शिक्षा प्राप्त गर्न सहज हुने उनको भनाइ रहेको थियो ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वरबहादुर कार्की, वडासचिव दमयन्ती पराजुली, कालिका माविका प्रधानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रअ नन्दकिशोर बराल, पल टासी छ्योउलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत ब्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय ब्यवस्थापन समितिक अध्यक्ष दिपक थापा लगायतको उपस्थिती रहेको थियो ।





