बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि अस्पतालका प्रमुखमाथि सदस्यद्वारा हातपातको प्रयास

धौलागिरि अस्पतालका प्रमुखमाथि सदस्यद्वारा हातपातको प्रयास


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८१, शुक्रबार

बागलुङ/अस्पताल व्यवस्थापन समितिका सदस्यद्वारा कार्यकक्षमै हातपातको प्रयास भएपछि अस्पतालका प्रमुखले कारवाहीको माग गर्दै प्रशासन गुहारेका छन् ।
अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले बिहिबार दिउँसो धौलागिरि अस्पतालका प्रमुख डा. रवि रञ्जन प्रधानमाथि कार्यकक्षमै हातपातको प्रयास गरेका हुन् ।
श्रेष्ठले आफुमाथि गालीबेइजत, दुव्र्यवहार, जोरजुलुम गर्ने, धम्काउने तथा कुटपीटको प्रयास गरेको भन्दै डा. प्रधानले कारवाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
प्रमुख मेडिकल सुपरिटेण्डेन्टमाथि भएको दुव्र्यवहार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ तथा प्रचलित कानुन बमोजिम निजलाई अबिलम्व कानुनी कारवाही गर्न डा. प्रधानले माग गरेका छन् । डा. प्रधानको मागप्रति अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले ऐक्यवद्वता जनाउँदै अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले सहजीकरण गर्नुको सट्टा धाकधम्की दिने घटना पटक पटक दोहोरिएको भन्दै कानुन बमोजिम कार्वाही गर्न माग गरेका छन् ।
यसअघि गत फागुन ३ गते बिहिबार मेसु प्रधान र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समितिका सदस्यद्वय श्रेष्ठ र लक्ष्मी देवी कार्कीले पत्रकार सम्मेलनमार्फत रोस प्रकट गरेका थिए ।
अस्पताललाई नर्सिङ तथा मेडिकल कलेजको रुपमा विकास गर्न गरिएका निर्णयलाई कार्यान्वयन गर्न बेवास्ता गरेको, अस्पतालबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि परियोजना कार्यान्वयन नगरिएको, अस्पतालका लागि आवश्यक औषधि, सर्जिकल सामग्री खरिद, सरसफाई र सामाजिक सुरक्षा इकाई कार्यक्रमका लागि प्रक्रिया नपु¥याई मेसु र अध्यक्षको मिलेमतोमा कार्य गरेको श्रेष्ठ र कार्कीले आरोप लगाएका थिए ।
श्रेष्ठले गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको निर्देशन विपरित अध्यक्षले अस्पतालको गाडी प्रयोग गरेपनि कार्यसम्पादनमा निष्क्रिय रहेको, अस्पतालका दुई कोठा अध्यक्षले आवासको रुपमा प्रयोग गर्दा चिकित्सकलाई भाडाको घरमा राख्दा अस्पताललाई व्ययभार बढेको, मेसु डा. प्रधानले महिनामा आधा महिना काज र बिदा लिने, समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने र अस्पतालमा बिरामीको चाप हुँदा पनि परीक्षण नगरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->