पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टि२० खेलमा १० रनको पराजय भोगेको छ । जितको लागि १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले कुल २० ओभरमा ९ विकेट गुमाउँदै १५० रनमात्रै जोड्न सफल रह्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधि ७१ रनको अविजित पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ४८ बलमा ६ चौका र २ छक्काको मद्धतमा उक्त रन बनाए । यस्तै सागर ढकाल शुन्यमा नटआउट रहे । ओपनर लोकेश बम १७, अर्का ओपनर कुशल भुर्तेल २, अनिल शाह १, कुशल मल्ल शुन्य, गुल्सन झा २६, आरिफ शेख १२, दिपेन्द्र सिंह ऐरी ३, सोमपाल कामी ३ र आकाश चन्द ७ रनमा आउट भए ।
वेस्ट इन्डिजका लागि अविद मेक्वोय र गुडाकेश मोतीले २÷२ तथा ओशाने थोमस र रोस्टन चेसले १/१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन जोडेको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।
यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे । ओपनर जोनसोन चार्लिस ११, एलिक एथान्जे ६, कप्तान रोस्टोन चेस २३, कियासे कार्टे १०, केमो पल ८, हेडन वाल्स ९ रनमा आउट भए ।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २–२ विकेट लिए । सागरले ४ ओभरमा १९ रन दिए भने कुशलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । दीपेन्द्र सिंह ऐरिले ३ ओभरमा १ विकेट लिँदै ३९ रन खर्चिए । सोमपाल कामिले २ ओभरमा १८ रन खर्चेर १ विकेट नै लिए । आकाश चन्दले ३ ओभरमा ३९ रन दिँदै कुनै विकेट लिएनन् भने कुशल मल्लले पनि ४ ओभरमा २३ रन दिँदा लिएनन् । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो ।





