सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरको निरन्तर साथ

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरको निरन्तर साथ


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा / आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरको साथ मिल्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा बैशाख २८ गते पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस अवार्डलाई यस वर्षपनि पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले सघाउने भएको हो ।

मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र मञ्चका अध्यक्ष दीननाथ बरालबिच अवार्डलाई ५० हजार रुपैयाँ सहयोग गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ ।

यसैगरि मंगलबारनै नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पूर्व उपकप्तान मञ्जु गुरुङले उक्त अवार्डलाई नगद रु २५ हजार सहयोग गर्ने घोषणा गरेकी छन् । मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै आफुले सहयोग घोषणा गरेको उनले बताइन् ।

प्रथम पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) तर्फकीे विजेतासमेत गुरुङ हाल हङकङमा छिन् । कास्कीकी गुरुङले पोखराको ज्ञानु बाबा आवासिय मा.वि.बाट भलिबल खेलको शुरुवात गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->