पाेखरा / नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजले नेपाललाई दुई सय २८ रनको विशाल लक्ष्य दिएको छ । टी२० आई सिरिजको तेस्रो खेलमा टस जितेर व्याटिङ राजेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै दुई सय २७ रन जोड्न सफल रह्यो ।
वेस्ट इन्डिजका लागि जोनसोन चार्लिसले ११९ रनको अविजित पारी खेले । उनले ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गरे । किमो पल १३ रनमा नटआउट रहे । उनले ७ बलमा १ चौका १ छक्का प्रहार गरे ।
ओपनर एलिक एथेनाजेले १७ रनमा आउट भए । उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । आन्दे्र फ्लेटचेर ५३ रनमा आउट भए । उनले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । फाविन एलेन १९ रनमा आउट भए । उनले ९ बलमा २ चौका १ छक्का प्रहार गरे ।
नेपालका लागि सागर ढकाल र करण केसीले १÷१ विकेट लिए । दुवै राष्ट्रले यस अघि एक÷एक खेल जितिसकेका छन् ।





