सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल ७६ रनले पराजित

नेपाल ७६ रनले पराजित


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८१, बुधबार

पोखरा / नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजले टि२० आई सिरिजमा नेपाललाई ७६ रनले हराएको छ । २२८ रनको विजयी लक्ष्य पाएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे ।
गुल्सन झा ६, लोकेश बम २८, आरिफ शेख ३ रन, अनिलकुमार शाह ११, दीपेन्द्रसिंह ऐरी ७, विनोद भण्डारी १९, बिबेक यादव ३, कुशल मल्ल २० र कमलसिंह ऐरी ६ रनमा आउट हुँदा सागर ढकाल ३ रनमा अविजित रहे ।

यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।
वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।
आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एकएक विकेट लिएका थिए ।
योसंगै वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको टी-२० सिरिजमा २-१ को अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->