पाेखरा / नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजले टी२० आई सिरिजमा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । सिरिजको चौथो खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बलमा ९ चौका ४ छक्का प्रहार गरे । फाविन एलेन ३३ रनमा नटआउट रहे । उनले १९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर एलिक अथान्जे ५ रनमा आउट भए । जोनसोन चार्लिस ५८ रनमा आउट भए उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे । केसी कार्टि ४ रनमा आउट भए ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक २ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।





