बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८१, शुक्रबार

पोखरा/ जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन् । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका भण्डारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समितिमा नियुक्त भण्डारीले अस्पतालको नाममा जग्गा ल्याउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

उनले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाँका कर्मचारी ल्याएर १ सय बेडको अस्पताल संचालन गर्न समेत महत्वपुर्ण भूमिका खेलेको थिए । यसअघि पनि भण्डारी अस्पतालको आर्थिक तथा पुर्वाधार समितिको संयोजक भएर काम गरिसकेका छन् । अस्पतालको समितिको अध्यक्षमा स्वास्थ्य सेवाका १२ तहको कर्मचारी अध्यक्ष हुने ब्यवस्था रहेको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी, अर्थ मन्त्रालयको प्रतिनिधि, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि पदेन सदस्य रहने ब्यवस्था छ । सदस्य मध्ये चिकित्सक मध्येबाट एक जना, स्थानीय महिला र समाजसेवीबाट दुई जना सदस्य रहने ब्यवस्था रहेको छ । समितिको सदस्य सचिव कार्यकारी निर्देशक रहने ब्यवस्था रहेको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना भएको यो अस्पतालले विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सम्बन्धी उपचार सेवा दिइरहेको छ । अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोगमा क्षयरोग, निमोनिया, दम, फोक्सोको क्यान्सर सम्बन्धी रोगहरु समेत बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको फोक्सोको क्यान्सरबाट निधन भएकोमा आगामी दिनमा यस्तो समस्याबाट जनताले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले स्थापित यस उपचार केन्द्रलाई दक्षिण एसियाको अन्तराष्ट्रिय स्तरमा श्वासप्रश्वास उपचार केन्द्र बनाइने लक्ष्य सरकारको रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->