बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

रुखमा बाँधेर जलाएको अवस्थामा भेटियो युवाको शव

रुखमा बाँधेर जलाएको अवस्थामा भेटियो युवाको शव


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८१, शुक्रबार

काठमाडौं / काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ ।

शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठको भनाइ छ ।

शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->