बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पाठेघर र आङ खसेका महिलाका लागि स्वास्थ्य शिविरबाट बरेङका ७९ जना लाभान्वित

पाठेघर र आङ खसेका महिलाका लागि स्वास्थ्य शिविरबाट बरेङका ७९ जना लाभान्वित


  • दीपेन्द्र परियार
  • बैशाख २९ २०८१, शनिबार

बागलुङ/बरेङ गाउँपालिकामा आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविरबाट ७९ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ (भिआईए) जाँच गरिएको थियो ।
शिविरमा जाँच गरिएकामध्ये पाँच जना महिलालाई निशुल्क शल्यक्रियाका लागि धौलागिरि अस्पताल बोलाईएको अस्पतालका स्त्री रोग विशेषज्ञ डा. विजय ओझाले जानकारी दिए । शिविरमा दुई जना पाठेघरको मुखको क्यान्सरको शंकास्पद बिरामीलाई उचित परामर्श तथा उपचारको लागि सुझाईएको छ । शिविरमा १० जना महिलामा रिङ पेसरी राखिएको छ भने दुईको इम्प्लान्ट निकालिएको थियो ।
पाठेघर सम्बन्धी जुनसुकै रोग लागेका तथा अप्रेशन गर्नुपर्ने बिरामीहरुको धौलागिरि अस्पताल बागलुङमा निशुल्क उपचार हुनुका साथै गाडी भाडा समेत प्रदान गरिने धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी जिसी कार्कीले बताइन् ।
आफ्नै घरगाउँ नजिकैको अस्पतालमा बिशेषज्ञ सेवा लिन पाउँदा आफुहरुलाई ठुलो राहत मिलेको भन्दै समय समयमा यस्ताखाले शिविर आगामी दिनमा संचालन गर्न स्थानीयले आयोजकलाई आग्रह गरेका थिए । शिविर धौलागिरि अस्पताल बागलुङको आयोजना, बरेङ गाँउपालिकाको संयोजनमा बरेङ बजारस्थित हुग्दिसिर स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो । शिविरमा स्त्री रोग विशेषज्ञ डा. विजय ओझा, मेडिकल अफिसर डा. अर्जुन बराल, मेडिकल रेकर्डर नवराज पौडेलको टिमले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->