कास्की/पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सवै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएकालेसो घोषणा गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।
वडाले चालु आर्थिक वर्षको १० महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ वालवालिको लागि आवस्यक पर्ने १३ प्रकारका खोपको मात्र पूरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दीगोपन वडा घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनश्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडाध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समोन्वय समितिका सदस्य बाबुराम सुवेदी,कार्यपालिका सदस्य निर्मला पौडेल,वडा खोप समन्वय समिति पोखरा २९ की फोकलपर्सन सावित्रा लामिछाने,व्यवस्थापन समितिका सदस्य चेतबहादुर गुरुङले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परमर्श र घरघरमा पुगेर समयमा नै खोप लगाउनसफल भएको बताएका थिए ।





