सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आफ्नै खर्चमा विवेक पारा ब्याडमिन्टनका लागि बहराइन जाँदै

आफ्नै खर्चमा विवेक पारा ब्याडमिन्टनका लागि बहराइन जाँदै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८१, बुधबार

पोखरा / पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदी पारा ब्याडमिन्टन प्रतियोगिता खेल्नका लागि बहराइन जाँने भएका छन् ।

पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लबका उनी अन्तर्राष्ट्रिय खेल खेल्न बहराइ जान लागेका हुन् । २१ मे देखी २६ सम्म हुने प्रतियोगिताका लागि नेपालबाट विवेक सहित प्रकाश अधिकारी समेत बहराइन जाँदै छन् दुवै पारा व्याडमिन्टन खेलाडी हुन् ।

‘शनिबार हामी उड्ने छौं । तयारी राम्रो गरेको छु आफुले सकेको दिनेछु’ विवेकले भने, ‘आफ्नै खर्चमा जान लागेको हुँ । घर परिवार र इष्टमित्रले सहयोग गर्नुभएको छ उहाँहरुको सहयोग विना मेरो यो सपना पुरा हुने थिएन ।’ उनलाई वडा ८ को समेत सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->