पोखरा/ पारा व्याडमिन्टका लागि बहराइन जान लागेका पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदीलाई मोहन भूगोल फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।
आफ्नै खर्चमा बहराइन जान लागेका विवेकलाई फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ सहितको टिमले ४० हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । मे २१ देखि २६ तारिखसम्म बहराइनमा अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन आयोजना हुँदैछ । पोखरा स्पोट्र्स एण्ड व्याडमिन्टन क्लबका उनी सनिबार बहराइनतर्फ प्रस्थान गर्नेछन् ।
उनलाई पुनम गुरुङले प्रशिक्षण गराउँदै आइरहेकी छिन् । ‘मोहन भगोल फाउन्डेसनलाई सँगै मेरो गुरु पुनम र आमालाई म सम्झन चाहान्छु । उहाँहरुले मलाई निकै उर्जा दिनुभएको छ’ विवेकले भने ।
‘‘





