पोखरा/ पोखराको नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीका लागि २ दिने बोल्ने कलाको तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

बोल्ने कला तालिमको समापनमा बोल्दै विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीमा अन्र्तनिहित प्रतिभा प्रस्फुटनका लागि यस्ता किसिमका तालिम महत्वपूर्ण हुने बताए । उनले सानै उमेरबाट राम्रो बोल्ने कलाको विकास गर्न सकियो भने विद्यार्थीले भविष्यमा हरेक क्षेत्रका आफुलाई प्रमाणित गर्न सक्ने जनाए । तालिमको सहजीकरण पत्रकार संजयकुमार मल्लले गरेका थिए ।
विद्यालयका सहप्राचार्य प्रदीप खनालले नेतृत्वका लागि बोल्नेकलाको आवश्यकता हुने हुँदा राम्रो बोल्ने कलाको विकासका लागि तालिम फलदायी हुने बताए । विद्यालयको वार्षिक क्यालेण्डरमा नै द आर्ट अफ स्पिकिङ सम्बन्धी तालिमलाई समावेश गरि कक्षा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । ४ वटा शत्रमा सञ्चालन गरिएको तालिममा कक्षा ४ देखि ७ का गरि ३ सय विद्यार्थीको सहभागिता थियो ।





