बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८१, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका– ४ गैह्रापाटनस्थित नवीन माध्यमिक विद्यालयका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले मानवअधिकारको परिचय, त्यसका विश्वव्यापी मान्यता र नेपालको अवस्थाबारे जानकारी दिए ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आयोजना गरेको कार्यक्रममा खनालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र ऐनहरु अनुसार नागरिकले मानवअधिकारको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सम्पदाकी उपाध्यक्ष निर्मला कोइरालाले पाठ्यक्रममा रहेको मानवअधिकारको विषयलाई बुझाउन यस खालका कार्यक्रम निकै उपयोगी हुने जनाइन् । संस्थाकी सचिव विन्देश्वरी बरालले मानव अधिकार र प्राकृतिक सम्पदा सँगसँगै युवाको दायित्व बोध गराउन कार्यक्रम फलदायी हुने अपेक्षा गरिन् । नवीन माविका प्रधानाध्यापक शिरोमणि लामिछानेले यस्ता प्रशिक्षणले विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान दिने उल्लेख गरे ।

२०४८ सालमा महाकाली बचाउ अभियानबाट सुरु भएको संस्थाले मानवअधिकार र सम्दाको संरक्षणमा काम गर्दै आएको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डेले नागरिकलाई मानवअधिकार र सम्पदा संरक्षणको महत्वबारे बुझाउन र सरोकारवालालाई जिम्मेवार बनाउन संस्थाले भूमिका निर्वाह गर्दै आएका सुनाए । उनले भने, ‘ठूला ठूला सभा, गोष्ठी भन्दा विद्यालय तहमै पुगेर यस्ता कार्यक्रम गर्दा भोलिका कर्णधारहरु समाज, सम्पदा र मानवअधिकारप्रति सजग बन्छन् भन्ने उद्देश्य लिएका छौँ ।’ कार्यक्रममा संस्थाका सदस्यहरु दिलीप दोषी, अर्जुन भण्डारी, त्रिभुवन बराल, कमल न्यौपाने लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->