बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वियोण्ड एजुकेशनको शाखा कर्नाटकको वैङलोरमा

वियोण्ड एजुकेशनको शाखा कर्नाटकको वैङलोरमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०८१, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको वियोण्ड एजुकेशन एण्ड इम्मिग्रेसन सर्भिसेज प्रालि (वियोण्ड कन्सल्टेन्सी) ले भारतको बैंङलोरमा शाखा विस्तार गरेको छ ।
पोखराको चिप्लेढुंगा निभा गल्लीमा २०७८ सालदेखि संचालनमा रहेको उक्त कन्सल्टेन्सीले भारतिय तथा नेपाली विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, डकुमेन्टेशन, भाषा अध्यापन, कानूनी सचेतनालगायतका सेवा प्रदान गर्न कर्नाटक राज्यको बैंङलोरको वस्याल सर्कल, राजाजी नगरमा शाखा खोलिएको प्रबन्ध निर्देशक सुरेश थिङले वताए ।
उनले वियोण्ड एजुकेशनबाट अमेरिका, क्यानडा, युके, न्युजिल्याण्ड, स्विजरल्याण्ड लगायतका देशका विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई भर्ना प्रक्रियामा सहजीकरणका साथै भिजिट भिषा, पर्यटक भिषाको पनि काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->