बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘दुई वर्षभित्र सामुदायिक विद्यालय निजीसंग प्रतिष्पर्धा गर्ने सक्ने बन्छन्’

‘दुई वर्षभित्र सामुदायिक विद्यालय निजीसंग प्रतिष्पर्धा गर्ने सक्ने बन्छन्’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८१, आइतबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नगरक्षेत्रका सामुदायिक विद्यालयलाई संस्थागतसंग प्रतिस्पर्धामा जान सक्ने वातावरण बनाउन आफुहरु लागिपरेको बताए । उनले आगामी दुई वर्षभित्र सामुदायीक विद्यालयलाई निजीसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउन नगरपालिकाको उद्देश्य रहेको सुनाएए ।
कार्यक्रममा वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, कार्यपालिका सदस्य ज्योती केसी विष्ट, वडा सदस्य अर्जुन सापकोटा, कृष्ण आधारभुत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटा, चन्दादाता सुदेशचन्द्र राजभण्डारी, कुँडुले मावि विव्यसका पुर्व अध्यक्ष तुलसीराम सापकोटा, पुन्य प्रसाद सापकोटा र विद्यार्थी स्नेहा सुनारले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चन्दादाता, अक्षयकोषदाता लगायत विभिन्न क्षेत्रबाट सहयोग गर्नेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक हरिप्रसाद सापकोटाले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि स्थानीय सरकारसंगै सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता, सहायक प्रधानाध्यापक विष्णु प्रसाद आचार्यको स्वागत र शिक्षक कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->