बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ज्यामरुककोटमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

ज्यामरुककोटमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०८१, आइतबार

बागलुङ/बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।
ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका थिए ।
सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहकाको आँखा जाँच तथा उपचार गरिएको लेखसाइड युवा क्लबका अध्यक्ष धु्रव थापाले जानकारी दिए । शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->