पोखरा/सहारा क्लब पोखराले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ ।
क्लब १०२ को आयोजना एवं नं. ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठको प्रमुख आतिथ्यमा पोखरा १७, दोबिल्लास्थित एकेडेमीमा आयोजित समारोहमा टिसर्ट सहयोग गरिएको हो ।
सो अवसरमा क्लब अध्यक्ष केशवराज बरालले नं. ४ बाहिनी प्रमुख श्रेष्ठ र क्लब १०२ का पदाधिकारी, कास्की समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष दिलबहादुर जलारीलाई खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र क्लब १०२ का अध्यक्ष कार्कीले सहाराको कार्यको लागि प्रशंसा गरेका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, वर्तमान कार्यसमिति तथा एकेडेमी व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित क्लब १०२ हो । सहारा एकेडेमीमा तेस्रो ब्याचको रुपमा हाल विभिन्न जिल्लाका गरी २३ जना बालकहरु आश्रित रहेको एकेडेमी संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।





