पोखरा/सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५ देउरालीफेदीमा रहेको श्री गाउँफर्क आधारभूत विद्यालयमा अध्ययनरत ४१ जना विद्यार्थीलाई पोशाक र स्टेसनरी सामग्री वितरण गरिएको छ ।
गाउँपालिका वडा नं ५ का कार्यवाहक वडाध्यक्ष श्रीकुमारी गुरुङले विद्यार्थीलाई ती सामग्री वितरण गरेकी हुन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकहादुर अधिकारी र विद्यालयका प्रधानाध्यापक पार्वती ढुङ्गाना, सिद्धार्थ क्लबकी अध्यक्ष इन्दिरा मर्सानी, निर्देशक रवि मर्सानीलगायतले मन्तव्य राखेका थिए ।





