शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

सन्दीप लामिछानेलाई भिसा दिएन अमेरिकाले

सन्दीप लामिछानेलाई भिसा दिएन अमेरिकाले


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८१, बुधबार

पोखरा/ अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जनाएका छन ।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ क्यानले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍योु,’ लामिछानेले फेसबुकमा भनेका छन्, ‘दुर्भाग्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी २० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’ लामिछाने आजै अमेरिका जाने तयारीमा थिए ।

यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->