पोखरा/ पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नाे शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा यू.के.जी.मा अध्ययनरत विद्यार्थीबिच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रतियोगीकारुपमा सहभागी ४८ विद्यार्थीमध्ये प्रनिशा आचार्यले प्रथम स्थान प्राप्त गर्न सफल भइन । यसैगरी सारा थापाले द्वितीय स्थान, युजन भण्डारीले तृतीय स्थान र अलिज अधिकारी र सार्थक पराजुलीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षिकाहरू शान्ति तिमिल्सिना र कृष्णकुमारी रानाभाटले गरेका थिए ।





