बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विन्ध्यवासिनी क्याप्टेन चुन्न मतदान

विन्ध्यवासिनी क्याप्टेन चुन्न मतदान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत् स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् ।
चुनावबाट क्रिकेट ब्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए । उनका निकट्तम प्रतिद्वन्दी सनम भुजेलले १ सय १३ मत प्राप्त गरे ।
क्याप्टेनमा ५ जनाले प्रतिष्पर्धा गरेका थिए । सह क्याप्टेनमा भकुण्डो चुनाव चिन्ह लिएर मैेदानमा उत्रिएका विश्वास पोखरेललाई १ सय ४४ मतान्तरले पराजित गर्दै अनुष्का गुरुङ विजयी भइन् । उनले ३ सय २ मत र पोखरेलले १ सय ५८ मत प्राप्त गरेको निर्वाचन आयुक्तको जिम्वेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
क्याप्टेनमा प्रतिष्पर्धा गरेका वृन्दा कुवँरले १७ मत, ईश्वर पाख्रिनले ८ मत र करुणा आचार्यले ३३ मत तथा सह क्याप्टेनमा रिकान्त शमाले १ सय ७ मतप्राप्त गरेका थिए ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थीले मतदान प्रक्रियामा भाग लिएको सो निर्वाचनमा कुल ५ सय ८२ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->