आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भारतमा सुरु भयो लोक सभा निर्वाचनको मतगणना

भारतमा सुरु भयो लोक सभा निर्वाचनको मतगणना

एनडीए २५७, इन्डिया गठबन्धन १६५ सिटमा अगाडि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०८१, मंगलबार

भारतमा सम्पन्न १७ औँ लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ। भारतीय चुनाव आयोगले विभिन्न ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो।

६ हप्ता लामो निर्वाचनमा लोकसभाका ५४२ सिटका लागि मतदान भएको थियो। १९ अप्रिलबाट सुरु भएको निर्वाचन १ जुनमा सम्पन्न भएको थियो। निर्वाचनमा देशभरका ६४ करोड २ लाख मतदाताले भाग लिएका थिए। आयोगले निर्वाचनको मत परिणाम आजै घोषणा गर्ने तयारी गरेको छ।

यसपटक मुख्य गरी ५१ सिटमा विशेष ध्यान रहने छ। जसलाई हट सिट भनिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उम्मेदवारी दिएको वाराणसी, वर्तमान गृहमन्त्री अमित शाहले उम्मेदवारी दिएको गुजरातको गान्धीनगर, वर्तमान रक्षा मन्त्री राजनाथ सिंहले उम्मेदवारी दिएको लखनउ, वर्तमान सडक मन्त्री नितिन गडकरीले उम्मेदवारी दिएको महाराष्ट्रको नागपुर, बलिवुड अभिनेत्री कङ्गना रनौटले उम्मेदवारी दिएको मन्डी, कांग्रेस नेता राहुल गान्धीले उम्मेदवारी दिएको केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले उम्मेदवारी दिएको कन्नौज सिट लगायतका ५१ सिटमा सबैको ध्यान रहने छ।

हालसम्म भारतीय विभिन्न सञ्चार माध्यम र राजनीतिक विश्लेषकहरूले गरेको आँकलन अनुसार भारतीय जनता पार्टीले नै यसपटक पनि बहुमत प्राप्त गर्नेछन्। जस अनुसार मोदी नै तेस्रोपटक प्रधानमन्त्री बन्ने निश्चित छ।

यस्तो छ निर्वाचन अपडेट

भारतीय लोकसभा चुनावको मतगणनाको प्रारम्भिक रुझान सार्वजनिक भएको छ। डेटनेटका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीए २५७ सिटमा अगाडि छ भने विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन १६५ सिटमा अगाडि छ। अन्य ३४ सिटमा अगाडि छन्।

भारतको १८औँ लोकसभा चुनाव सात चरणमा भएको थियो। लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो। आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको हो। सुरत लोकसभा सिटमा भने भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->