पोखरा/गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए ।
विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार सौन्दर्यकलाको क्षेत्रमा पछिल्लो समय भविश्य खोज्ने धेरै युवायुवती छन् । पश्चिमाञ्चल माविले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको पनि उनले बताए ।
समापन अवसरमा सौन्दर्य कला संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले विद्यार्थीलाई सहजै स्वरोजगार बनाउनका लागि सौन्दर्यकला क्षेत्र महत्वपूर्ण रहेको बताइन् ।
पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालिसँगको सहकार्यमा विद्यालयले तालिम दिएको हो ।
विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझाका अनुसार विद्यालयले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु गर्न थालेको जानकारी दिए ।
विद्यालयकी सह प्राचार्य मिनुु श्रेष्ठ कुँवरले एसइइ पछि अब कता जाने भनेर सोच्ने बेला भएका विद्यार्थीलाई भविश्य हेरेर अघि बढ्न सुझाव दिइन् ।





