बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण

गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८१, बुधबार

पोखरा/ गायत्री बहुउद्देशिय सामुदायिक सिकाई केन्द्रले विभिन्न सामुदायिक विद्यालयलाई स्टेशनरी तथा बाद्यबादनका सामाग्री वितरण गरेको छ ।

दश वर्ष अघि पोखरा– १९ लाई कार्यक्षेत्र वनाई स्थापना भएको केन्द्रले वडाका महेन्द्र मावि, विन्ध्येश्वरी मावि र भारती भवन माविलाई स्टेशनरी तथा बाद्यवादनका सामाग्री वितरण गरेको सचिव बैकुण्ठ पौडेलले जानकारी दिए । महेन्द्र मावि घार्मीमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष शोभामोहन पौडेल, केन्द्रका सामाजिक परिचालक पवित्रा पौडेलले विद्यार्थीका लागि आवश्यक स्टेशनरी र मादल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।

कार्यक्रममा वोल्दै पुर्व वडाध्यक्ष समेत रहेका पौडेलले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन केन्द्रले अभियान नै संचालन गरेको वताए । विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेलले केन्द्रले शैक्षिक सुधारमा मात्र नभई वडाभित्रका सामाजिक तथा नेतृत्व विकासमा समेत भुमिका खेलेको भन्दै प्रशंसा गरे । कार्यक्रममा प्रधानाध्यापक बासुदेव पौडेल, सह प्रधानाध्यापक नन्दराज दाहाल लगायतले केन्द्रले गरेको सहयोगले ठुलो अर्थ राख्ने वताए ।

केन्द्रले यसअघि पनि त्यस वडाका सवै सामुदायिक विद्यालयलाई शैक्षिक क्रियाकलापका लागी नगद हस्तान्तरण गरेको थियो । संस्थाले त्यहाँका आमा समुहलाई नेतृत्व तथा भाषणकला तालिम समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->