पोखरा/जेठको अन्तिम हप्ता प्रदेशस्तरीय चौथो आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेल्कुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सहआयोजनामा हुने प्रतियोगिता जेठ २५ र २६ गते तनहुँको भिमादमा हुने व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ३६ स्वर्ण,३६ रजत र ७२ काश्य गरि १ सय ४४ पदकका लागि पुरुष स्पाइरिङतर्फ २० देखि ८५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ २० देखि ६५ केजी समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिला तथा पुरुष प्याट्रनतर्फ हरियो ,निलो, रातो कलर वेल्ट तथा प्रथम, दोस्रो र तेस्रो डान समूहमा प्रतिस्पर्धा हुनेछ । तनहुँ, बाग्लुङ, कास्की, पर्पत, स्याङ्जा, नवलपुर, लमजुङलगायत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउँदै छन् ।





