आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रधानमन्त्री प्रचण्डले मोदीलाई फोनबाट दिए बधाई

प्रधानमन्त्री प्रचण्डले मोदीलाई फोनबाट दिए बधाई

'शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौं'


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८१, बिहिबार
फाइल तस्बिर

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएका छन्।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

त्यस अवसरमा दुबै नेताबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप् कुराकानी भएको भारतीय राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका थिए।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै राजदूतावासले जनाएको छ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४० सिट जितेको छ।

भारतमा लोकसभा निर्वाचन सम्पन्न भएसँगै मोदीले बुधवार नयाँ सरकार गठनका लागि बाटो खुलाउँदै पदबाट राजीनामा दिइसकेका छन्। तर, प्रधानमन्त्री नबनेसम्म उनी कामचलाउ प्रधानमन्त्रीको रुपमा रहने छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->