बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनप्रियमा तथ्याङ्क व्यवस्थापन गोष्ठी

जनप्रियमा तथ्याङ्क व्यवस्थापन गोष्ठी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८१, शुक्रबार

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा गरेको क्याम्पसको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए । अनुसन्धानका लागि तथ्याङ्क व्यवस्थापन र विश्लेषण महत्वपूर्ण हुने उनको भनाइ थियो ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्राज्ञिक अनुसन्धानलाई लक्षित गरी आयोजित गोष्ठी अनुसन्धान कार्य गर्नेका लागि फलदायी हुने बताउँदै विश्लेषणात्मक क्षमताको विकास गर्न आग्रह गरे ।
गोष्ठीमा पृथ्वीनारायण क्याम्पस, कन्या बहुमुखी क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, आदिकवि भानुभक्त क्याम्पसका ३० जनाको सहभागित रहेको छ ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित गोष्ठीको सहजीकरणका लागि स्रोत व्यक्तिहरू प्राडा विकासकुमार केसी, डा. अच्युत ज्ञवाली, माधव बराल, राजेन्द्र उपाध्याय आनन्द ढुंगाना रहेका छन् ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको सभापतित्वमा सञ्चालित गोष्ठीमा सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले उद्धेश्यमाथि प्रकाश पारेका थिए भने प्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->