बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

बागलुङ/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बागलुङले १९ औं स्थापना दिवसमा बलेवाका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, बृक्षारोपण र खेलकुद सामग्री वितरण गरेको छ ।
९२ जना जेष्ठ नागरिक र १४ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि वितरण गरिएको स्वास्थ्यकर्मी नारायण प्रसाद शर्माले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले बागलुङका उप–सचिव धनबहादुर परियारले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले दुर्गम बस्तीमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना गर्नु प्रशंसनिय कार्य भएको बताए । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष बावुराम आचार्य, केन्द्रिय सचिव डिल्ली प्रसाद आचार्य, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनाल, स्थानीय समाजसेवी गुरुदत्त पाठक, नेकपा एमाले नगर कमिटी सचिव ध्रुव श्रेष्ठ, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय सदस्य कुष्ण प्रसाद शर्माले बोलेका थिए ।
कार्यक्रम महासंघ बागलुङका अध्यक्ष उमेश सर्वुजाको अध्यक्षता, सदस्य वैकुण्ठ कार्कीको स्वागत र सचिव लक्ष्मण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->