शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विद्यालयस्तरी प्रतियोगितामा बास्केटबलका संयोजक मापसेमा परेपछि

विद्यालयस्तरी प्रतियोगितामा बास्केटबलका संयोजक मापसेमा परेपछि

राष्ट्रिय खेलकुद परिषदका खेल प्रतियोगिता विभागीय प्रमुख तथा प्रतियोगिता सचिव मीन कुमार शर्माले उनको बचाउ गर्दै बेलुका मापसे गरेको बताए ।


  • विजय नेपाली
  • जेष्ठ ३० २०८१, बुधबार

पोखरा / पोखरामा आजबाट सुरु भएको यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा बास्केटबलको संयोजक बनेर आएका व्यक्ति मापसेमा परेका छन् ।

पोखरा रंगशालामा विहान ७ बजेदेखी बास्केटबल आयोजना हुने तालिका थियो तर, खेल ढिला गरी सुरुमात्रै भएन उक्त खेलको संयोजक बनेर आएका बास्केटबल संघका (केन्द्र) कार्यालय सचिव तथा प्रतियोगिता संयोजक रमेश खड्काले मापसे गरेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरी आएर मापसे गरे नगरेको परीक्षण गर्दा मापसे गरेको भेटिएको हो । विद्यालयस्तरको राष्ट्रिय खेलकुदमै मापसे गरेर आएपनि उनलाई तत्कालै रंगशालाबाट निकालिएको छ ।

आज बिहान ७ः०० बजे देखि सुरु हुने भनिएपनि उनले दुई वटा कोर्ट आवश्यक पर्ने र रंगशालाभित्र रहेको बास्केटबल कोर्टमा लेखिएको ‘गण्डकी प्रदेश बास्केटबल संघ’ बोर्ड समेत हटाउनुपर्ने भन्दै विवाद समेत गरेका थिए ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदमा मापसे गरेर आउनु खेल प्रति अपमान गरेको बताए । उनले खेल क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थ खाएर आउनै नपाउने बताए ।

तर रमेशले भने बास्केटबल कोर्टमै सुर्तीजन्य पदार्थ समेत खाएका थिए । बिहान ७ः०० खेलाडीहरुलाई रंगशालामा बोलाए पनि साँढे २ घण्टासम्म खेलाडी त्यसै अलपत्र अबस्थामा परेका थिए । खेल कति बजे र कहाँ हुन्छ भन्ने अझै टुंगो भएको थिएन । बास्केटबल संघले बास्केटबल संघ गण्डकी प्रदेशलाई मान्यता नदिएको कारण आन्तरिक बिबादले गर्दा उक्त प्रतियोगिता अन्यौलमा भएको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले समयमै खेल संचालन गर्न आवश्यक सहजीकरण गर्न खोज्दा संघ केन्द्रको कुनै पनि प्रतिनिधिहरुले समन्वय नगरेको बताए । बिहान ७ बजे खेलाडीहरुलाई बोलाए पनि घण्टौंसम्म खेल संचालन नहँुदा खेलाडीहरु अलपत्र अबस्थामा रहेको बताए । अहिले खेल सुचारु भइसकेको छ ।

उनले प्रहरीलाई आफुले मापसे नगरेको बताइरहेका थिए । राष्ट्रिय खेलकुद परिषदका खेल प्रतियोगिता विभागीय प्रमुख तथा प्रतियोगिता सचिव मीन कुमार शर्माले उनको बचाउ गर्दै बेलुका मापसे गरेको बताए । प्रहरीले मापसे जाँच गर्दा मापसे देखिदाँ समेत उनले बचाउ गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->