पोखरा/राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ पहिलो दिन एक सय मिटर, चार सय मिटर र लङजम्प सम्पन्न भएको छ ।
एक सय मिटर छात्रातर्फ गण्डकीकी एन्जल अधिकारीले स्वर्ण पदक हासिल गरिन् । उनले १३ सेकेन्ड ५६ मिलिसेकेन्डमा दुरी पुरा गरिन् । लम्बिनीकी आरुशी भट्टराईले १३ सेकेन्ड ७२ मिलिसेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरिन् । बागमतीकी मुस्कान चौधरीले १४ सेकेन्ड २७ मिलिसेकेन्डले दुरी पुरा गर्दै कास्य हासिल गरिन् ।
यस्तै, छात्रतर्फ लुम्बिनीका शुभम बमरेलले ११ सेकेन्ड ४६ मिलिसेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गरिन् । मधेशका अर्जुन शाहले ११ सेकेन्ड ८५ मिलिसेकेन्डमा दुरी पुरा गरि रजत हासिल गर्दा कोशीका राजन वान्तवा राईले ११ सेकेन्ड ९१ मिलिसेकेन्डमा दुरी पार गर्दै कास्य पदक चित्त बुझाए ।
चार सय मिटर छात्रतर्फ सुदुरपश्चिमका बरुणदत्त रानाले स्वर्ण पदक हासिल गरे । उनले निर्धारित दुरी ५३.६२ सेकेन्ड पुरा गरे । मधेशका दिपेश शाहले ५३ सेकेन्ड ६९ मिलिसेकेन्डमा दुरी पुरा गर्दै रजत पदक हासिल गरे । लुम्बिनीका सुशान्त थारुले ५४ सेकेन्ड २४ मिनेटमा दुरी पुरा गर्दै कास्य पदक हासिल गरे ।
छात्रातर्फ कर्णालीका कृष्णा रानाले १ मिनेट ४ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक हासिल गरिन् । बागमतीका भगवती खड्काले १ मिनेट ५ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितिन भने, लुम्बिनीकी कमला वलीले १ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै कास्य हासिल गरिन् ।
लङजम्प छात्रतर्फ मधेशका अनुज कुमार शाहले स्वर्ण पदक हासिल गरे । उनले ६.११ मिटरको दुरी पार गरे । सुदुरपश्चिमका बरुण दत्त रानाले ६.७ मिटरको दुरी पार गर्दै रजत पदक हासिल गरे । लम्बिनीका श्लोक हरिजनले ५.८२ मिटर जम्प गर्दै कास्य पदक हासिल गरे ।
छात्रातर्फ कर्णालीका सरिता शाहीले ४.६१ मिटर दुरी पुरा गरि स्वर्ण पदक हासिल गरे । कोशीका निकिता एक्तेल लिम्बुले ४.५२ मिटर दुरी जम्प गर्दै रजत हासिल गर्दा गण्डकीकी सुजता कुमालले ४.२७ दुरी पुरा गर्दै कास्य पदक हासिल गरिन् ।
एथलेटिक्समा भोलि २ सय मिटर, ८ सय मिटर र ४ वाई १०० मिटर रिले छात्र÷छात्रा दुवैतर्फ हुनेछ ।





