सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुख्यमन्त्री पाण्डेद्वारा यू–१५ विद्यालय खेलकुदको उद्घाटन

मुख्यमन्त्री पाण्डेद्वारा यू–१५ विद्यालय खेलकुदको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८१, बुधबार

पोखरा/पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ । पोखरा रङ्गशालामा एक भब्य समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेल र खेलाडीका विषयमा सकरात्मक रहेको बताए । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको बताएका हुन् । ‘प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडी बढिरहेका छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘आगामी दिनमा पनि यही अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दर्छौं ।’
ओलम्पिकमा सहभागी खेलाडीहरुको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टू ओलम्पियन’ कार्यक्रम गरिरहेको उनले बताए । गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीहरुलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।
एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सात प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा सात वटै प्रदेशका खेलाडी, प्रशिक्षक र म्यानेजरले भाग लिएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।
उद्घाटनमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरुको मार्चपास, पञ्चेबाजा, ब्यान्डलगायत प्रस्तुती राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->