बागलुङ/विश्व बालश्रम विरुद्धको दिवस पारेर न्यू एभरेष्ट बाल क्लबले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बालअधिकारका बिषयमा जानकारी गराउने र बालश्रम न्यनिकरणका लागि सचेतना बिस्तार गर्न अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बाल अधिकार र बालबालिकाको सामाजिक भुमिकाबारे छलफल भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले बालबालिकाको अधिकारका बारेमा धारणा राखे । विद्यार्थीहरुको सिर्जनशिलतालाई सबैले सम्मान गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरु करुणा आचार्य, शंकरसन थापा, दिव्या गौतम, अनुषा लामा, स्वस्तिका पौडेलले मन्तव्य राखेका थिए । बाल क्लबका अध्यक्ष निश्चल अधिकारीको अध्यक्षता, क्लबका सचिव अनुषा कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जेनिसा लामाको समूहले स्वागत गीतद्वारा स्वागत गरेका थिए ।





