पोखरा/पोखरा इन्जिनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदले आयोजना गरेको २ दिने यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल शनिबारबाट सुरु भएको छ ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष श्रीमती हीरा गुरुङको प्रमुख आतिथ्यता र विद्यार्थी परिषदका सभापति विराट सिग्देलको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरुले प्राविधिक प्रदर्शनीबाहेक साहित्य र सांगीतिक कार्यक्रमले विद्यार्थी भित्र लुकेर रहेका विविध प्रतिभाको प्रष्फुटन हुने बताए । कार्यक्रममा विराट सिग्देल, ई कृष्ण घिमिरे, चिजकाजी गुरुङ, डा शैलेश गुरुङ ई देउकाजी गुरुङ, शुभाष पण्डित, मुस्कान रज गौतम आदिले मन्तव्य दिएका थिए ।
आइतबारसम्म चल्ने यन्त्र फेष्टिभलमा अर्किटेक्चर र इन्जिनियरिङका प्रदर्शनीहरु, टक शो, प्यानेल डिस्कसन, ह्याक्थोन प्रतियोगिता, पब्जी गेम प्रतियोगिता, अन्तर कलेज विभिन्न खेल प्रतियोगिता, चेस प्रतियोगिता, फुड स्टलहरु, साहित्यिक र सांगीतिक साँझ आदि फेस्टीभलका आकर्षणहरु रहेको सभापति विराट सिग्देलले बताए । कार्यक्रको संचालन सचिव मिलन डुम्रे र कृति वाग्लेले गरेका थिए ।





