बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दुर्गा प्रसाईंको कलेजले पायो चिकित्सा शिक्षा पढाउने समबन्धन

दुर्गा प्रसाईंको कलेजले पायो चिकित्सा शिक्षा पढाउने समबन्धन


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८१, मंगलबार

पोखरा / चिकित्सा शिक्षा आयोगले कोशी प्रदेशको झापास्थित बी एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बी एण्ड सीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो ।

१२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बी एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।

गत १४ जेठमा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश जारी गरेको थियो ।
उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको २७ जेठको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।

‘सम्मानित अदालतबाट नै परमादेश आइसकेकाले उक्त निर्णय सम्मान गर्दै अगाडि बढ्नुपर्ने तर्क प्रधानमन्त्रीले राख्नुभयो’, बैठकमा सहभागी एक सदस्यले प्रधानमन्त्रीको भनाइ उधृत गर्दै भने, ‘अब यो विषयलाई सर्वोच्चकै निर्णय अनुसार नै अगाडि बढाऔं ।’

प्रधानमन्त्री प्रचण्डले बी एण्ड सीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि सदस्यले पनि सहमति जनाएका थिए ।

आयोगको मंगलबारको बैठकको मुख्य एजेण्डा बी एण्ड सीको सम्बन्धनकै विषय थियो । बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->