पोखरा/पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टी एमआरआई’ उपकरणबाट सेवा दिन सुरु गरेको छ । फेवा एमआरआई एण्ड डाइग्लोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टी एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो ।
थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका अध्यक्ष डा मदन थापाले जानकारी दिए । उनले अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मेसिन सबैभन्दा शक्तिशाली हो ।
शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ । यसका लागि एमआरआईमा चुम्बक र रेडियो वेब राखिन्छ । थ्रीटी एमआरआईले थ्री टेस्ला म्याग्नेटिक फिल्ड उत्पन्न गर्ने शक्तिशाली चुम्बक प्रयोग गर्छ । जुन लोर फिल्ड अथवा ओपन एमआरआई स्क्यानरहरूमा भएको चुम्बकभन्दा १५ गुणा शक्तिशाली हो ।
त्यस्तै सामान्य एमआरआई परीक्षणको तुलनामा यस एमआरआईले १०० गुणा चाँडो गर्नसक्ने उनले बताए । हाल नेपालमा काठमाडौमा मात्रै रहेको यो सेवा पोखराबाट पनि सुरु भएको उनले बताए ।
करिब २५ करोडको लगानीमा सेन्टर सञ्चालनमा ल्याएका हुन् । अहिले एमआरआईसँग भिडियो एक्सरे र एक्सरे सेवा पनि सञ्चालनमा आएको उनको भनाइ छ । सेन्टरमा १५ जनाले रोजगार पाएका छन् ।





