सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगिताको तयारी पुरा

गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रतियोगिताको तयारी पुरा


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार

पोखरा / गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यावस्थापनमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा पुरुषतर्फ ८ जिल्ला र महिला तर्फ ६ जिल्ला गरी कूल १४ टिमको सहभागिता रहने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।

पुरुषतर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, तनहुँ, गोरखा र नवलपुरको सहभागिता रहेको छ भने महिलातर्फ म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा र नवलपुरको सहभागिता हुने भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिताको उद्घाटन खेल शुक्रबार ११ बजे बहुउद्धेश्यिय कभर्डहलमा हुनेछ । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->