बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

काठेखोला पुर्ण खोपयुक्त पालिका घोषणा

काठेखोला पुर्ण खोपयुक्त पालिका घोषणा


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

बागलुङ/काठेखोला गाउँपालिकाले सबै खोप पुरा भएको पालिकाको रुपमा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष राजु थापाले कुनैपनि बालबालिका नियमित खोप लगाउनबाट बञ्चित नभएकोले पूर्ण खोप निश्चित भएको घोषणा गरे ।
गाउँपालिकाको स्वास्थ्य शाखाले गत फागुन चैत महिनामै घरघरमा पुगेर खोपको सर्भेक्षण गरेको थियो । त्यस बाहेक खोप नपाएका बालबालिका भएमा घरमै पुगेर खोप लगाउने काम भैसकेको हो । ती सबै प्रकृया पुरा भएकोले गाउँपालिकालाई पूर्ण खेपयुक्त पालिका घोषणा गरिएको हो ।
यो अवसरमा गर्भवती महिलालले सबै खोपहरु लगाएको समेत भेटिएको हो । स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेका अनुसार गाउँपालिका भित्रका १५ महिना उमेर समूहका ३ सय ७७ बालबालिका १६ देखि ५९ महिना सम्मका ७ सय ६३ बालबालिकाले पूर्ण खोप पाएको भेटिएको हो ।
गाउँपालिकाभित्र बस्ने सबै बालबालिका खोपबाट वञ्चित नभएको प्रष्ट भएपछि पुर्ण खोप पुगेको घोषणा गरिएको हो । तोकिएको उमेरभित्र बालबालिकाले १३ प्रकारका खोप पाएको सुनिश्चित भएका सबै बालबालिकालाई कार्ड बितरण गरिएको छ ।
तोकिएको समयमा काम पुरा गरेर पालिकालाई नै पुर्ण खोपयुक्त घोषणा गर्न पाएपछि गाउँपालिकाले ८ वटै वडाका स्वास्थ्यचौकी प्रमुख र वडाध्यक्षलाई सम्मान गरिएको छ । उनीहरुको मेहेनतले पुर्ण खोपयुक्त पालिका बनेझै निरन्तरतामा पनि साथ मिल्ने विश्वास गरिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->