पोखरा/नेशनल प्याव्सन कास्कीको आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनको यो प्रतियोगिता १८ औं संस्करण हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा डायमण्ड मोडल स्कूलका सुदर्शन पौडेल, विवेक ढु·ाना, सुजता अधिकारी, विमर्श न्यौपाने प्रथम, मर्नि· ग्लोरी एकेडेमी स्कूलका सिवानी भण्डारी, स्तुति अधिकारी, सुयोग आचार्य, साजन गिरी द्वितीय, वागमारा एकेडेमी गार्डेनका औपा भण्डारी प्रथम, रिजन थापा गौरव गौतम अञ्जिला शर्मा तृतीय, रिलायन्स पब्लिक इंगलिस स्कूलका आदर्शनारयण बराल, भूमि रानाभाट, दिपशिखा क्षेत्री, रोशिका रानाभाट सान्त्वना भएका छन् ।
त्यैगरी त्रिवेणी पब्लिक सेकेण्डरी स्कूलका सन्देश थापा, लेनिस केसी, आयुस लङगुन, प्रशान गौतम तथा चिल्डे«न एकेडेमी स्पन्दन घिमिरे, वसन्त हर्मेल, जेसुस तामाङ सेरोज गुरुङ क्रमश पाँचौँ र छैटौं भएका एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।





