आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला टी २० क्रिकेटमा स्याङ्जा च्याम्पियन, कुशुम बनिन् सर्वोत्कृष्ट

महिला टी २० क्रिकेटमा स्याङ्जा च्याम्पियन, कुशुम बनिन् सर्वोत्कृष्ट


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८१, सोमबार

पोखरा / पोखरामा जारी गण्डकी प्रदेशस्तरीय महिला टी२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले उचालेको छ । सोमबार भएको फाइनल खेलमा कास्कीलाई ४५ रनले हराउँदै स्याङ्जाले महिलातर्फको समेत उपाधि चुमेको हो ।

१०७ रनको विजयी लक्ष्य पाएको कास्कीले २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमात्र जोड्न सफल रह्यो । कास्कीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक ल्याउन सकेनन् । ओपनर विनिता नेपाली ६, विनिता सिग्देल २, सिर्जना पौडेल ७, रचना चौधरी ६, चन्द्रमाया बराल २, सम्झना विक३, रियिा तामाङ ६, रिया गुरुङ ३र सुशिला दिमदुङ ४ रनमा आउट भइन् । यशोदा भुजेल ३ र पुर्णिमा गुरुङ १ रनमा नटआउट रहे ।

स्याङ्जाका लागि आकृति तिवारीले ४ ओभरमा १ मेडनसहित दुई विकेट लिइन् । यस्तै सिमाना केसी र रन्जना साउदले २÷२ तथा कुशुम गोदार र ज्योतस्निका मरासिनीले १÷१ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङजाले २० ओभरमा ९ विकेट गुमाउँदै १०५ रन बनायो । स्याङ्जाका लागि ओपनर कुशुम गोदारले सर्वाधिक ३१ रनको योग्दान दिइन् । उनले ३१ बलमा ३ चौका १ छक्का प्रहार गरिन् । दोस्रो ओपनर शलिना सेन शुन्यमै आउट भइन् । सिमाना केसीले ३६ बलमा २ चौकाको मद्धतमा २४ रनको योगदान दिइन् । ज्योतस्निका मरासिनीले १४, अन्जली विक १, निरु जिटी ४ रनमा आउट भइन् । सरिना थापा र अपेक्षा बुढाथोकी शुन्यमै आउट भए । आकृति तिवारी ४ रनमा रनआउट भइन् ।

कास्कीका लागि सुशिला डिमडुङ र पुर्णिमा गुरुङले २÷२ तथा रचना चौधरी, चन्द्रमाया बराल र रिया तामाङले १÷१ विकेट लिए । उपाधिसँगै स्याङ्जाले नगद एक लाख रुपैयाँ हात पा¥यो भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ हात पा¥यो ।

स्याङ्जाकी कुशुम गोदार प्रतियोगिताकै सर्वोत्कृष्ट (प्लेयर अफ टुर्नामेन्ट) घोषित भइन् । उनले प्रतियोगिताभर कुल ९७ रन ल्याइन भने ३ विकेट समेत लिदैँ ८ अंकका साथ सर्वोत्कृष्ट भइन् । उनी उत्कृष्ट ब्याटर समेत घोषित भइन् ।

उत्कृष्ट बलरको उपाधि भने कास्की चन्द्रमाया बराल घोषित भइन् उनले प्रतियोगिताभर कुल ७ विकेट लिएकी थिइन् । फाइनल खेलको प्लेयर अफ दी फाइनल भने स्याङजाकी सिमाना केसी घोषित भइन् । उनले फाइनलमा कास्कीलाई हराउँदा टोलीका लागि २४ रनको योगदान दिइन भने २ विकेट समेत लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->