बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८१, बुधबार
फाईल तस्विर

फाइल तस्बिर

काठमाडौँ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहिबार बिहान सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले बिहीबार बिहान मात्रै नतिजा सार्वजनिक गर्ने भएको हो ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यसवर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->