बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बरेङ गाउँपालिकाको मातृशिशु रक्षामा छलाङ : घरमा होइन, स्वास्थ्य केन्द्रमा सुत्केरी

बरेङ गाउँपालिकाको मातृशिशु रक्षामा छलाङ : घरमा होइन, स्वास्थ्य केन्द्रमा सुत्केरी

सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी सुन्य गाउँपालिका घोषणा ।


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

बागलुङ/जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । पछिल्लो एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेर घरमा सुत्केरी सुन्य गाउँपालिका घोषणा गरिएको हो ।
बुधबार एक कार्यक्रमबीच गाउँपालिकाले घरमा सुत्केरी हुने र खोप नलगाएका बालबालिका नरहेको घोषणा गरेको हो । गाउँपालिकालाई घरमा सुन्य सुत्केरी र पूर्ण खोप सुनिश्चितता एकै पटक घोषणा गरिएको अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
परम्परागत रूपमा सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिलाहरु बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरलाई आधारभूत स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गाउँपालिकाले लगानी गरेको थियो ।
स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेवीकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा सुय सुत्केरी पालिका बनाईएको अध्यक्ष शर्माले बताए । घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उनले बताए । जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ ।
गाउँपालिकाका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले मासिक रुपमा घरमै पुगेर चेकजाँच गर्ने र आफ्नै वडाका वर्थिङ सेन्टरमा सुत्केरी गराउने गरेका थिए । स्वास्थ्य चौकीमा सुत्केरी गराउन समस्या रहेकालाई अस्पतालमा पठाउने गरिएको थियो । चालु वर्षमा पालिकाका १ सय ३२ महिला सुत्केरी भएका छन् । जसमध्ये ६९ जना वर्थिङ सेन्टरमा र ६३ जना अन्यत्र अस्पतालमा सुत्केरी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->