पोखरा / एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।
बोर्डका अनुसार २०८० सालको एसईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका छन्। जसमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ड) दिन पाउने भएका छन्।





