बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसईई उत्तिर्ण विद्यार्थीलाई सम्मान

लायन्सद्वारा महेन्द्रमा अक्षयकोष, एसईई उत्तिर्ण विद्यार्थीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८१, मंगलबार

पोखरा/लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम पौडेलले आफ्ना मातापिता दण्डपाणी/भिमकलाको स्मृतिमा ५१ हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलले जनाए ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी लायन्सका एरिया जोन प्रमुख सुर्यप्रसाद वराल र कलवका अध्यक्ष परशुराम पौडेलले ५१ हजार रुपैयाको चेक विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल तथा प्रधानाध्यापक वासुदेव पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा वरालले सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लव अग्रणी संस्था रहेको वताउँदै ग्रामिण भेगका वालवालिकाको शैक्षिक विकासमा सवैले ध्यान दिनुपर्नेमा जोड दिए । क्लवका अध्यक्ष पौडेलले आफ्नो सहयोगले यस विद्यालयका वालवालिकाको शैक्षिक सुधारमा केही हौशला मिल्ने वताए । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष ऐन व. ऐर, पुर्व अध्यक्ष संजीववहादुर कोईराला, मोहनवावु खड्का, राजेन्द्र कार्की, सरदकुमार सापकोटा, रामचन्द्र अधिकारी, विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल लगायतले लायन्सको अन्र्तराष्टिय संस्थाले नेपालमा गरेका कार्यको चर्चा गरेका थिए । सो अवसरमा क्लवले विद्यालयलाई निरन्तर सहयोग जारी राख्ने घोषणा समेत गरेको छ ।

सोही अवसरमा विद्यालयले माध्यमिक शिक्षा परिक्षा उत्र्तीण विद्यार्थीलाई बधाई सहित सम्मान समेत गरेको छ । उत्कृष्ट जिपिए सहित उत्र्तीण भएका असिम सुनार, विजय पौडेल, निश्चल सुनार, मन्जित सुनार, प्रगति सुनार र झरण गर्वुजालाई विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार महेश्वर पौडेल, शिक्षक सरद सापकोटाले खादा लगाएर बधाई सहित सम्मान गरे । विद्यार्थी विजय पौडेलले विद्यालयको सम्मानले थप हौशला मिलेको वताए । २०४७ सालमा स्थापना भएको विद्यालयले २०५२ सालदेखि पहिलो पटक प्रवेशिका परिक्षामा सहभागिता जनाएको वताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->