बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईई परीक्षा २०८० मा बागलुङको काठेखोला गाउँपालिकामा रेश नुन्थला माध्यामिक विद्यालयकी छात्रा निशा गौतमले ३.८४ जिपिए ल्याउँदै प्रथम भएकी छन् । गाउँपालिकाले तयार गरेको नतिजा तालिका अनुसार गौतम काठेखोला गाउँपालिकाका विद्यालयबाट परीक्षामा सहभागि विद्यार्थीमध्ये सबैभन्दा धेरै जिपीए ल्याउने छात्रा हुन् ।
परीक्षा उत्तिर्ण गर्ने विद्यार्थी संख्याको आधारमा काठेखोला गाउँपालिका–४ तंग्रामको धारा माध्यामिक पहिलो हो । जिपीएको आधारमा भने आफ्नो विद्यालय प्रथम भएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । धारा माविबाट परीक्षामा सहभागि भएका ३२ जनामध्ये २६ जना उत्र्तिण भएका छन् । रेश नुन्थलाबाट ३५ जना सहभागि विद्यार्थीमध्ये २६ जना उत्तिर्ण भएका छन् । प्रतिशतका आधारमा धारा माविले ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराउँदा रेश नुन्थलाले ७४.२६ प्रतिशत बिद्यार्थी उत्र्तिण गराएको हो । काठेखोलाबाट ११ विद्यालयका ३२३ जना विद्यार्थी सहभागि भएकामा २ सय ४ जना उत्तिर्ण भएका थिए ।





