शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा बाढीले तिमाङखोलाको पक्की पुल बगायो

मनाङमा बाढीले तिमाङखोलाको पक्की पुल बगायो


  • ढोरपाटन संवाददाता
  • असार २० २०८१, बुधबार

लमजुङ/ मनाङको तिमाङखोलामा आएको बाढीले ढलान गरेको पक्की पुल बगाएको छ । मंगलबार साँझ माथिल्लो क्षेत्रको काठेपुल बगाएकोमा राती तल्लो क्षेत्रको पक्की पुल पनि बगाएको हो ।

यसअघिको काठेपुललाई विस्थापित गर्दै २ वर्षअघि तिमाङको ठूलो छहरा र सानो छहरा गरी २ ठाउँमा पक्की पुल बनाइएको थियो । मंगलबार दिउँसोदेखिको अविरल वर्ष र त्यसपछिको बाढीले सुरुमा माथिल्लो क्षेत्रस्थित काठेपुल बगाएको र राती पक्की पुल बगाएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । तत्काल विपद् व्यवस्थापन समितिको बैठक बसेर बाटो खुलाउने सन्दर्भमा अघि बढ्ने उनले बताए ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेका अनुसार बाढीले पुल बगाउनुका साथै ढुंगामुढालाई सडकमा थुपारिदिएको छ । सदरमुकाम चामेसहित माथिल्लो मनाङ क्षेत्रका लागि तल्लो क्षेत्रसंग सडक सम्पर्क टुटेको उनले बताए । नेपाली सेनाले २०६९ मा मनाङ सदरमुकाम चामेसम्मको ट्रयाक खोल्दा यी क्षेत्रमा काठेपुल राखिएको थियो । ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल १९ लाख ९४ हजार ३ सय ७२ रुपैयाँ र सानो छहरामा स्ल्याव कल्भर्ट पुल ११ लाख ८५ हजार ५ सय ३९ रुपैयाँ ५१ पैसा लगानीमा निर्माण गरिएको थियो । ठूलो छहराको पुल पुरै बगाएको र सानो छहराको पुलमा ढुंगा र ग्रेग्रान थुप्रिएर क्षति पु¥याएको मनाङ प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->