आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

पोखरा/गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमै कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सम्मानित खेलाडीमा मोर्डन पेन्टालनतर्फ बिनिता सार्की, ह्याण्डबलतर्फ बिशाल बस्नेत, जिम्न्यास्टिकतर्फ राजेश बास्कोटा, हकीतर्फ पवित्रा गुरुङ, उसुतर्फ योगेन्द्र थापा, तेक्वान्दोतर्फ रेखमाया गुरुङ, फेन्सिङतर्फ संदीप बराल छन । यसैगरी बक्सिङ कोचतर्फ प्रियंका बर्मा, बडिबिल्डिङतर्फ बिबेक हमाल, मेन्स स्पोर्टस फिजिकतर्फ प्रदीप रेग्मी, सुटिङमा बिजय कार्की पनि सम्मानित भएका छन । त्यस्तै आर्चरीमा मोनीका रानामगर, प्याराग्लाईडिङमा रीता श्रेष्ठ थापा, सेपाक ताकोमा बिजय महतो, कराँतेमा मनोज श्रेष्ठ, आटीएफ तेक्वान्दोमा सुरज सुनार, एथलेटिक्समा ऋषिसरा थापा, खोकोमा चित्रबहादुर थापा, ब्याडमिन्टनमा पुनम गुरुङ, कराँतेमा रुपक नेपाली र टेबल टेनिसमा मुना थापा सम्मानित भएका हुन । उनीहरुलाई जनही २० हजार रुपैया प्रदान गरिएको थियो ।

नगद, माला र सम्मान पत्रसहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गरे । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उनको छ ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीलाई समेट्ने प्रयास गरिएको बताए । उनले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गरे । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको उनले बताए ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->