आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रखेपको मनलाग्दी, बजेट सक्न धमाधम प्रतियोगिता

प्रखेपको मनलाग्दी, बजेट सक्न धमाधम प्रतियोगिता

खेलकर्मी र खेलाडीको आलोचना बढ्दो


  • विजय नेपाली
  • असार २३ २०८१, शनिबार

स्क्वासमा प्रदेशस्तरीय पुरुष तथा महिला विजेता खेलाडीहरु, सहभागी नै नभएको महिला खेलाडीलाई स्वर्ण दिएपछि दोस्रो र तेस्रो स्थानका महिला खेलाडीहरु । तस्बिर : ढोरपाटन

पोखरा÷प्रदेश खेलकुद परिषद गण्डकीले यतिबेला धमाधम विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिरहेको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेशले खेलकुद आयोजना गरेको बताइरहेको छ । खेलाडी तयार नहुँदै धमाधम प्रदेशले एकलौटी तरिकाले प्रतियोगिताहरु सञ्चालन गरिरहेको छ । असारभित्रै बजेट सक्ने लक्ष्यका साथ यतिबेला विभिन्न प्रतियोगिताहरु भइरहेका छन् ।
प्रदेशले एकलौटी तरिकाले प्रतियोगिता गर्दा प्रतिभावान खेलाडी छुटेका मात्रै छैनन पुरा जिल्ला नै समेत छुटेको स्थिति छ । यो हरेक खेलको समस्या बनिरहेको छ । हरेक प्रतियोगितामा प्रदेश खेल संघहरुलाई व्यवस्थापनको जिम्मा दियो बाँकी सबै आफैले ग¥यो । प्रदेशले आयोजना गरेका प्रतियोगितामा विवाद नभएका सायदै कमै होलान् । प्रदेशले हतारमा गरेको प्रतियोगितामा खेल संघले असन्तुष्टि जनाउँदा जनाउँदै पनि प्रतियोगिता रोकिएन सञ्चालन भइरहे र हुदैपनि छन् ।
विशेषगरी आगामी मंसिरमा हुने १० औं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट प्रतियोगिता भन्न थालिएपछि विवाद बढ्न थालेको छ । खेलाडीहरुले खुलेर विरोध गर्न नसकेपनि भित्रभित्रै निकै विरोध गरिरहेका छन् । आईटीएफ तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सुदीप आचार्यले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै छनौट खेल भनिएकोप्रति तीब्र असन्तुष्टि जनाए । आचार्यसँगै रेफ्री राजन पौडेलले पनि असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा एउटा पोष्ट हाल्दै राजनले लेखेका छन्, ‘राष्ट्रिय खेलकुद परिषदले कुन कुन खेल समावेश गर्ने भनेर निर्णय नगर्दै गण्डकी प्रदेश खेलकुद परिषदले छनौट खेलहरु सन्चालन गर्दै छ त कि प्रदेशहरु मध्येमा प्रथम हुन खोजेको हो गण्डकी, स्थानीय तह र जिल्ला स्तरका छनोट प्रतियोगिता गरेर प्रारम्भिक छनौट गर्ने पहिले को प्रावधान खारेज भएको हो कि नया संरचनामा गएपछि यो गर्न नपर्ने हो कि ? जिल्ला खेलकुद बिकास समिति तथा जिल्ला खेलकुद संघ पनि केही कोही बोल्दैनन त । बुझिन मैले बुझाइ देऊ कसैले ?
उनको पोष्टमा गरिएका कमेण्टहरुमा पनि असन्तुष्टि नै पोखिएको छ । फेसबुक प्रयोगकर्ता शिव अधिकारीले पौडेलको पोष्टमा कमेण्ट गर्दै बजेट सक्ने र भुँडी भर्ने बाटो भएको भन्दै, नौटंकी गरिरहेको र बिल मिलाउने काम भईरहेको लेखेका छन् । उनले कमेण्टमा प्रमाण चाहिए आफूसँग सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।
आफ्नो भिडियोमा आचार्यले भने, नवौं राष्ट्रिय खेलकुदमा विजोग भएको र १० औं राष्ट्रिय खेलकुद पनि असफल हुने चिन्ता व्यक्त गरेका छन् । खेलकुदको नेतृत्वदायी तहमा रहेका व्यत्तिःm राजनीतिक नियुक्तिबाट आउने भएकाले नेपालको खेलकुद बिग्रिएको आरोप उनको छ । उनले बजेट सक्न हतारहतार खेलडी छनोट गरेकाले यस्तै कारणले गर्दा प्रतिभावान खेलाडी पछाडी परेको आरोप लगाए । प्रदेश खेलकुद परिषदका अधिकारीले खेलाडी छनोट गर्न कति समय लाग्छ भन्ने ख्याल गर्नुपर्नेमा उनको जोड थियो ।
‘राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गरिरहँदा कुन स्तरबाट खेलाडी छनौट गर्नुपर्छ भन्नेमा गम्भीर नबन्ने ? प्रदेश खेलकुद परिषदले मलाई हप्ता १५ दिनपछि राष्ट्रिय खेलकुदका लागि खेलाडी दिनुस् भने, माग्दा कस्ता खेलाडी छनौट होलान् ?, खेलाडी छनौट गरेर दिइहाल्नुस्भन्दा खेलाडी छनौट हुन्छन् ? यसका लागि समय चाहिँदैन, समयको मापदण्ड छैन ?,’ उनले प्रश्नै प्रश्न गरेका छन् ।
खेलाडी तयार गर्न कति समय चाहिन्छ भन्ने ज्ञान खेलकुदसँग सम्बध अधिकारीहरुमा हुनुपर्ने आचार्यको भनाई छ । पैसाको लोभमा खेलसँघहरुले पनि हतार हतार छनौट गरेको हुनको भनाई छ । ‘सरोकारवाला निकायलाई कुन खेलको खेलाडी छनोट गर्न कतिसमय लाग्छ भन्ने चेत हुनु पर्दैन ?,’ यनको प्रश्न छ ।
अहिलेको छनोट प्रक्रिया विधिसम्मत नभएको उनको दावी छ । छनोट प्रक्रिया नै त्रुटिपुर्ण गरेर मेडल आएन भन्ने गुनासो गर्न उपयुक्त नहुने उनको भनाइ छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न उनको आग्रह छ । उता प्रदेश भने रोकिएको छैन । धमाधम बजेट सक्नकै लागि प्रतियोगिता आयोजना गरिरहेको छ ।
प्रदेशको लापरवाहीले सहभागि नै नभएको खेलाडीलाई स्वर्ण पदक
प्रदेश खेलकुद परिषदले गम्भिर लापरवाही गर्दा प्रतियोगितामा सहभागि नै नभएको खेलाडीले स्वर्ण पदक हासिल गरेको छ । प्रदेशको आयोजना तथा स्क्वासको व्यवस्थापनमा असार १७ र १८ गते सम्पन्न प्रदेशस्तरीय पुरुष तथा महिला प्रतियोगितामा महिलातर्फ सहभागी नै नभएको खेलाडीलाई प्रथम बनाइएको हो ।
उक्त कुरा प्रदेशले थाहा पाउँदा पाउँदासमेत वेवास्ता गर्दा खेलाडी मारमा परेका हुन् । प्रतियोगितामा गोरखाकी कृष्णा थापालाई आयोजकले प्रथम बनाएको थियो । जबकि उनी प्रतियोगितामै सहभागी थिइनन् । सहभागी भएका खेलाडी भने दोस्रो र तेस्रो घोषणा भए । कास्कीका समीक्षा ठकुरी दोस्रो तथा सृष्टिका उदास र निस्ता श्रेष्ठ संयुक्त रूपमा तेस्रो भएका थिए । राउन्ड रोबिन आधारमा १७ र १८ असारमा सञ्चालन भएको थियो । पुरस्कार वितरणका दिन खेलाडीले असन्तुष्टि जनाएपनि त्यहाँ वेवास्ता गर्दै कार्यक्रम अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->