बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ शुक्लागण्डकीको पहिरोमा पुरिएका २ जनाको शव भेटियो

तनहुँ शुक्लागण्डकीको पहिरोमा पुरिएका २ जनाको शव भेटियो


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार
फाईल तस्वीर ।

दमौली / तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ ।

शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो ।

बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->